नेपालमा थप ५३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

डिसी नेपाल
९ असार २०७७ ६:५९

काठमाडौँ । नेपालमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गण्डकीका ८ जिल्लामा सोमबार रातिसम्म पुनः ५३ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार, गण्डकीका तनहुँ जिल्लामा १७, स्याङ्जामा ९, गोरखामा ११, बागलुङमा ८, लमजुङमा ५, पर्वत, कास्की र नवलपुरमा १–१ गरी ८ जिल्लाका ५३ जना नागरिक कोरोना पोजेटिभ देखिएका हुन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै  संक्रमित स्वास्थ्य कर्मीको निगरानीमा रहेको निर्देशनालयले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *