नेपालले गण्डक बाँधको मर्मत रोकिदियो, बाढीले बिहार डुब्ने त्रासले भारतमा रोइलो

डिसी नेपाल
९ असार २०७७ ९:०६

काठमाडौं। नेपालले गण्डक बाँधको मर्मत रोकिदिएको छ । भारतले एकतर्फी रुपमा नेपाल भारत सीमा क्षेत्रमा बिहारको पूर्वी चम्पारणको ढाका अनुमंडलमा लालबकेया नदीमा रहेको बाँध पुनर्निर्माण गर्न खोजेको थियो । तर, नेपालले यसले नेपाली षेत्र बाढीका कारण डुबानमा पर्ने भन्दै मर्मतको अनुमति दिएन ।

बिहारका जल संसाधन मन्त्री कुमार झाले भने यो क्षेत्र ‘नो मेन्स ल्याण्ड’मा पर्ने दावी गरेका छन् जबकि त्यो वास्तविकता होइन । यो बाँधका कारण विगतका वर्षहरुमा नेपालका बस्ती डुबानमा पर्ने गरेका थिए । अहिले नेपालले पुनर्निमाण रोकिदिएपछि बिहार बाढीले डुब्ने भन्दै बिहारमा आतंक फैलिएको छ ।

बिहारका जल संसाधन मन्त्री झाले समाचार एजेन्सी एएनआइसँग भने ‘नेपालले यो बाँधका साथै कैयौं अन्य स्थानमा पनि मर्मत रोकिदिएको छ । पहिलो पटक हामी यतो समस्याको सामना गरिरहेका छौं । हामी मर्मतका लागि सामग्रीसम्म पुग्न पाइरहेका छैनौं । हाम्रा स्थानीय इन्जिनियर र डिएमले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेका छन् । म अब यो स्थितिबारे विदेश मन्त्रालयलाई पत्र लेख्छु ।’

उनले अगाडि भने ‘यदि यो मुद्दालाई समयमै सम्बोधन गरिएन भने बिहारको ठूलो हिस्सामा बाढी आउँछ । यदि नेपालमा वर्षाका कारण गण्डक नदीको जलस्तर बढ्यो भने यसले गम्भीर समस्या उत्पन्न गर्नेछ । गण्डक बाँधका ३६ ढोका छन् । यीमध्ये १८ वटा नेपालमा छन् । भारतले आफूतर्फका ढोकासम्मको बाँध मर्मत गरिसकेको छ । नेपालतर्फका १८ औं देखि ३६ औं ढोकासम्म बनेको बाँधको मर्मत हुन सकेको छैन । नेपालले बाँध मर्मतको लागि सामग्री लैजान दिइरहेको छैन । नेपालले त्यो क्षेत्रमा अवरोध गरेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *