आज कतारबाट १४५ नेपाली स्वदेश फिर्ता, अष्ट्रेलियाबाट २५९ जना आउँदै

डिसी नेपाल
९ असार २०७७ १२:००

काठमाडौँ । आज (मंगलबार) कतारबाट १४५ जना नेपालीहरु काठमाडौँ आइपुगेका छन्। कोरोनाको महामारीसँगै समस्यामा परेका नेपालीहरु मध्ये दूतावासले प्राथमिकतामा परेका १४५ जना आज दोस्रो उडान मार्फत काठमाडौँ आइपुगेका हुन्।

कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको विमानस्थल स्रातले जनाएको छ। कतारस्थित नेपाली दूतावासका अनुसार आज फर्कनेहरुमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन्।

अष्ट्रेलियाबाट २५९ जना आउँदै

कोरोना महामारीपछि पहिलोपटक अष्ट्रेलियाबाट आज हुने ‘उद्धार उडान’ बाट २५९ जना नेपाली स्वदेश फर्किँदै छन्। नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् उनीहरु काठमाडौं ओर्लिने भएका हुन्। स्थानीय समयअनुसार नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट १ बजे काठमाडौंतर्फ उड्ने छ।

यस्तै, आज कुवेत, बङ्गलादेश, माल्दिभ्स, र साउदीको जेद्दाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *