गण्डकीमा थप २४ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ७५३ पुग्यो

डिसी नेपाल
११ असार २०७७ ७:३५

काठमाडौँ । गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ १३ र बिहीबार बिहान ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । अधावधिक विवरणसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।

आज बिहान, म्याग्दीमा ६, स्याङ्जामा १, वागलुङ्गमा २ र नवलपरासीमा २ जनामा कोरोना देखिएको हो । यस्तै बुधबार साँझ, गोरखामा २, कास्कीमा ४ र स्याङ्जामा ७ गरी १३ जना संक्रमित भएका थिए । निर्देशनालयका अनुसार, नयाँ संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

एक संक्रमितको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखराको आइसीयूमा उपचाररत ५५ वर्षीय पूरुषको बुधबार राति ११ः५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

मृतक पुरुष स्याङ्जाको सिरुवारीका स्थानीय वासी हुन् । अधावधिक विवरणसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *