संक्रमितको मृत्युपछि गण्डकी अस्पतालका इमर्जेन्सी बाहेक सबै सेवा बन्द

डिसी नेपाल
११ असार २०७७ ११:०१

काठमाडौँ । बुधबार राति एक जना संक्रमितको मृत्यु भएपछि गण्डकी अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवा बन्द भएका छन्।

अस्पतालको आइशोलेसनमा उपचाररत कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु भएपछि शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबारका लागि इमर्जेन्सी बाहेक सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्य डिसी नेपाललाई बताए।

डा. आचार्यले भने, “बुधबार राति ज्यान गुमाएका कोरोना संक्रमितको शव सुरक्षित रुपमा व्यवस्थापन गर्न लामो समय लाग्छ। अहिले शव व्यवस्थापनको तयारी जारी छ । शव व्यवस्थापनका बेला अन्य बिरामीमा पनि त्रास फैलिनसक्ने भएकाले इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको हो । भोलदेखि पूर्ण सेवा दिन्छौँ ।”

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो

गण्डकी अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ नगरपालिका–३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमै उपचारका क्रममा मृत्यु भएको थियो। गण्डकीमा अहिलेसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *