मृत्यु भइसकेपछि रिलिज हुने भयो सुशान्तको अन्तिम फिल्म, रिलिज कहिले हुने ?
मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म उनको मृत्यु भइसकेपछि अन्ततः रिलिज हुने भएको छ । उनको अन्तिम फिल्म ’दिल वेचारा’को निर्माण कम्पनीले उनको फिल्म रिलिज गर्ने मिति तोकेको छ । फिल्म निर्माण कम्पनीका अनुसार फिल्म डिज्नी प्लस हटस्टारमार्फत् आउँदो जुलाई २४ मा रिलिज हुँदैछ ।
सुशान्तले छायाँकन पूरा गरेको यो अन्तिम फिल्म हो । उनले गत साता मात्रै मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरे । यसअघि उनी फिल्म ’छिछोरे’मा देखिएका थिए । मुकेश छाब्रा निर्देशित ’दिल वेचारा’ हलिउड फिल्म ’द फल्ट इन आवर स्टार्स’को रिमेक हो। फिल्ममा सुशान्तसँगै सञ्जना सांघीको मुख्य भूमिका रहनेछ।
डिज्नी प्लस हटस्टारले इन्स्टाग्राममार्फत् फिल्मको डिजिटल रिलिज बारे जानकारी गराएको हो। फिल्मको पोस्टर सेयर गर्दै लेखिको छ, ’एउटा प्रेम र आशाको कथा। यो फिल्म स्वर्गीय सुशान्त सिंह राजपुतको सम्झना पनि हुनेछ। सधैंका लागि।’ सुशान्तका लागि श्रद्धञ्जली स्वरुप फिल्म प्ल्याटफर्म सब्सक्राइब गर्ने र सब्सक्राइब नगर्ने सबैका लागि उपलब्ध हुने समेत जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment