अमेरिकी राष्ट्रपति उम्मेदवारको नीतिले भारतमा तरंग

डिसी नेपाल
१२ असार २०७७ १९:१८

नयाँ दिल्ली (एजेन्सी)। अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेटिकबाट पूर्व उपराष्ट्रपति जो बाइडेन चुनावी मैदानमा छन्।

चुनावी अभियानमा रहेका जो बाइडेनले आफ्नो पोलेसी पेपर सार्वजनिक गरेका छन्।

बाइडेनको पोलेसी पेपर सार्वजनिक भएपछि भारतमा तरंग ल्याएको छ। किनकी बाइेडनको मुस्लिम नीतिले भारतलाई निराश गरेको छ। बाइडेनले जम्मु कश्मीरका मुस्लिमहरु समस्यामा परेको भन्दै उनीहरुको अवस्था ठिक स्थानमा ल्याउन भारतले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। जबकी भारतको मोदी सरकारले गएको वर्ष अगस्ट पाँचमा जम्मु कश्मीरको विशेष दर्जा खारेज गर्दै दुई वटा केन्द्र शासित राज्य बनाएको थियो। साथै जम्मु कश्मीरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। साथै नजरबन्द, इन्टरनेट बन्द गरिएको थियो।

बाइडेनले जम्मु कश्मीरमा गरिएको यस्तो सरकारी निर्णयले मुस्लिमहरु असुरक्षित भएको बताएका छन्। यतिमात्र होइन बाइडेनले मोदी सरकारले ल्याएको विवादास्पद नागरिकता ऐन र राष्ट्रिय पञ्जिकरण सूचीको पनि विरोध गरेका छन्।

मोदी सरकार बहुनश्लीय, बहु भाषीय र बहु धार्मिक भारतभन्दा ठिक उल्टो चलेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। बाइडेन यदि राष्ट्रपतिमा निर्वाचित भए भने मोदी सरकारलाई समस्या पर्ने यो नीतिले देखाएको छ।

अमेरिकामा बहालवाला राष्टपतिले चुनाव हारेको इतिहास कम भए पनि यो पटक ट्रम्पभन्दा बाइडेन बलियो रहेको मिडिया रिपोर्टहरु आइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *