संयुक्त राष्ट्रसंघको गाडीमा यौन भिडियो खिचियो, भाइरल भएपछि महासचिवको यस्तो प्रतिक्रिया

डिसी नेपाल
१३ असार २०७७ १२:२८

काठमाडौं। संयुक्त राष्ट्रसंघका एक अधिकारीले संस्थाकै गाडीभित्र एक महिलासँग यौन सम्बन्ध बनाइरहेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यो भिडियो इजरायलको तेल अभिभको भएको बताइएको छ । भिडियो भाइरल भएपछि संयुक्त राष्ट्रसंघले यो घटना निकै आश्चर्यजनक र दुखद भएको बताएको छ । भाइरल भइरहेको भिडियो प्रस्ट देख्न सकिन्छ कि रातो कपडा लगाएकी एक महिला कारको पछिल्लो सिटमा एक व्यक्तिसँग यौनक्रिया गरिरहेकी छिन् । यसबाहेक कारको ड्राइभिङ सिटमा पनि अर्का एक व्यक्ति छन् ।

बीबीसीका अनुसार भिडियो सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले एक बयान जारी गर्दै यस विषयमा छानबिन जारी रहेको बताएको छ । युएनले भिडियोमा देखिएका व्यक्तिको पहिचानमा आफूहरु निकै नजिक पुगिसकेको तर त्यही बेला गाडी हिँडेको बताएको छ । युएनले भनेको छ ‘इजरायलमा शान्ति संगठनका कर्मचारीहरुलाई पनि शंकाको दृष्टिले हेर्न थालिएको छ । भिडियो तेल अभिभको एक मुख्य सडकको हो । भिडियोमा ड्राइभरको अनुहार प्रस्ट देखिनुभन्दा पहिल्यै गाडी त्यहाँबाट गयो ।’ गाडी ट्राफिक सिग्नलमा रोकिएको बेला यो भिडियो खिचिएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टिफन डुजारिकले भने ‘१८ सेकेण्डको यो भिडियो व्यवहारिक रुपले निकै घिनलाग्दो छ । हामी जुन कुराको लागि उभिएका छौं त्यसको विरुद्ध गएर संयुक्त राष्ट्रसंघका कर्मचारीबाटै यस्ता घटना भएका छन् ।’ उनका अनुसार यो गाडी युनाइटेड नेशन्स ट्रुस सुपरभिजन अर्गनाइजेशनको हो । यौनक्रिडा दुईजनाको सहमतिमा भएको थियो वा यको लागि पैसा दिइएको थियो भन्ने पनि जाँच भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *