सुशान्तको मृत्युको १३ दिनपछि आयो परिवारको बयान, गरिए ठूला घोषणा

डिसी नेपाल
१३ असार २०७७ १४:२४

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको १३ दिनपछि आधिकारिक रुपमा उनको परिवारले यसबारे आफ्नो कुरा सार्वजनिक गरेका छन् । उनको परिवारले उनका फ्यानको लागि शनिबार एक वक्तव्य जारी गरेका हुन् । परिवारले आफ्ना प्रिय गुलशन अर्थात सुशान्तलाई विदाइ गर्दै केही ठूला घोषणा गरेका छन् । सुशान्तको घरमा बोलाउने नाम गुलशन थियो जसको अर्थ बगैंचा हुन्छ ।

वक्तव्यमा लेखिएको छ ‘अलविदा सुशान्त । दुनियाँको लागि जो सुशान्त सिंह राजपुत थिए उनी हाम्रो लागि हाम्रो प्रिय गुलशन थिए । उनी खुला विचारका, बोलिरहने र धेरै समझदार युवक थिए । उनी हरेक चीजमा चासो राख्थे । उनका सपना कहिल्यै कुनै कुराले रोकिएनन् र उनले एश सिंहको मुटुको साथमा ती सपनाको पिछा गरे । उनी दिल खोलेर हाँस्थे ।’

‘उनी हाम्रो परिवारको गौरव र प्रेरणा थिए । उनको टेलिस्कोप उनको सबैभन्दा मन पर्ने चीज थियो जसबाट उनी ताराहरु हेर्ने गर्थे । हामीले अझै पनि यो कुरा विश्वास गर्न सकिरहेका छैनौं कि हामीले कहिल्यै उनको हाँसो सुन्न पाउने छैनौं । उनका चम्किला आँखा देख्न पाउने छैनौं र विज्ञानका बारे उनका कहिल्यै नसकिने कुराहरु सुन्न पाउने छैनौं । उनी जानाले हाम्रो परिवारमा शून्यता फैलिएको छ जो कहिल्यै समाप्त हुने छैन । उनी साँच्चै आफ्ना हरेक फ्यानसँग प्रेम गर्थे ।’

वक्तव्यमा उल्लेख भएअनुसार उनका यादहरु ताजा राख्नको लागि एक फाउण्डेशन बनाइनेछ । उनको परिवारले सुशान्त सिंह राजपुत फाउण्डेशन नामको संस्था बनाउनेछ । यो संस्थाले सुशान्तका मन पर्ने क्षेत्रहरु विज्ञान, सिनेमा र खेलकुद क्षेत्रमा अघि बढ्न चाहने युवा प्रतिभाहरुलाई सहयोग गर्नेछ । साथमा पटनाको राजीव नगरस्थित उनको घरलाई स्मारकमा परिणत गरिनेछ । स्मारकमा सुशान्तका व्यक्तिगत चीजहरु राखिनेछ । जसअन्तर्गत उनका हजारौं किताबहरु, टेलिस्कोप, फ्लाइट सिम्युलेटर लगायतका चीजहरु हुनेछन् । सुशान्तका सामाजिक संजालहरु पनि उनको परिवारले संचालन गर्नेछन् । यसको माध्यमबाट उनका यादहरु ताजा राखिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *