रुसी राष्ट्रपति पुटिनका छोरीहरुको गोप्य फोटोहरु लिक ! बदला लिन यस्तो गरिएको आशंका

डिसी नेपाल
१३ असार २०७७ १५:३२

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको परिवारका सदस्यहरुको जीवनलाई निकै गोप्य राखिन्छ । त्यसैले उनका परिवारका सदस्यहरुको फोटो मिडियामा निकै कम देखिन्छन् । तर, अहिले रुसी राष्ट्रपति पुटिनका एक पूर्व सहयोगीले पुटिनका छोरीहरुका केही फोटोहरु लिक गरिदिएका छन् । डेलीमेलको रिपोर्टअनुसार पुटिनका दुई छोरीहरु मारिया र क्याटरिनाका तस्वीरहरु लिक गरिएका हुन् ।

यी दुवै पुटिनकी पूर्वपत्नीतर्फका छोरीहरु हुन् । जानकारीअनुसार यी फोटोहरु सन् १९९९ पछिका हुन् जतिबेला पुटिन पहिलोपटक रुसको सत्तामा आसीन भएका थिए । यी फोटोहरु पूर्व अरबपति सर्जेइ पुगाचेभले पुटिनसँग बदला लिन लिक गरेको मानिएको छ । ५७ वर्षका पुगाचेभ कुनै समय पुटिनका निकट सहयोगीमध्ये एक थिए । तर, यही हप्ता पुगाचेभले रुस सरकारविरुद्ध एक मुद्दामा १० खर्ब रुबल (१७ खर्ब नेपाली रुपैयाँ) हारेका थिए । १९९९ मा पुटिन राष्ट्रपति हुनुमा पुगाचेभको पनि योगदान रहेको विश्वास गरिन्छ । तर, करिब १० वर्षपछि पुगाचेभले रुस छाडेर फ्रान्स गएका थिए । उनले फ्रान्सको नागरिकता पनि लिएका छन् ।

पुटिनले आफ्ना छोराछोरीलाई लाइमलाइटबाट टाढा राखेका छन् । अहिले यी दुई छोरीहरुको उमेर ३० वर्षभन्दा धेरै भइसकेको विश्वास गरिन्छ । अर्कोतर्फ एक रिपोर्टमा पुगाचेभले यी फोटोहरु आफ्नो वेबसाइटमा पहिलेदेखि भएको तर कसैको ध्यान नगएको बताएका छन् । डेलीमेलका अनुसार पुटिनकी ३५ वर्षकी छोरी मारिया मेडिकल रिसर्चमा काम गरिरहेकी छिन् । उनले नेदरल्याण्डका एक व्यापारीसँग बिहे गरेको विश्वस गरिन्छ । ३३ वर्षकी क्याटरिनाको बारेमा उनी रुसको आर्टिफिसियल इन्टेलिजेन्स इनिसिएटिभसँग काम गर्छिन् भन्ने विश्वस गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *