कोरोना अपडेट : थपिए ५५४ संक्रमित

डिसी नेपाल
१३ असार २०७७ १६:३१

काठमाडौं। कोरोना भाइरस कोभिड १९ का नेपालमा थप ५५४ जना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२० महिला र ४३४ पुरुष गरी ५५४ संक्रमित थपिका छन्।

स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले देशका ७७ वटै जिल्लामा संक्रमित फेला परेको जानकारी दिए। कोरोनाबाट हालसम्म २८ जनाको मृत्यु भइसकेको छ। शनिबार थप एकजनाको मृत्यु भएको जनाएको छ। भरतपुृर अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

यसैबीच नेकपा स्थायी कमिटि बैठकमा वितरण गरिएको भाइरस रिमुभिंग कार्डबारे पनि स्वास्थ्य मन्त्रालयले प्रतिक्रिया जनाएको छ।

हालसम्म कुनै त्यस्तो कार्ड फेला नपरेको भन्दै स्वास्थ्य प्रवक्ता गौतमले यस्तो कार्डको भ्रममा नपर्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *