नेपाली थिए अफ्रिकाको आतंकवादी संगठनका कमाण्डर, सोमालियाको सुरक्षा फौजले मारिदियो

डिसी नेपाल
१४ असार २०७७ १२:०७

काठमाडौं। सोमालियाको सुरक्षा फौजले अफ्रिकाको आतंकवादी संगठन अल शबाबका कमाण्डरलाई सैन्य अपरेशनमा मारिदिएको छ । त्यहाँको स्टेट रेडियोलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले लेखेअनुसार ती व्यक्ति नेपाली थिए ।

अशरफ आजमी अबु हमदान नामका ती व्यक्ति नेपाली हुन् । उनी यो इस्लामिक जिहादी समूहका बरिष्ठ प्रशिक्षक थिए । दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा एक सैनिक अपरेशनको क्रममा उनी मारिएका हुन् । उनीसँगै अन्य तीन जना लडाकू पनि मारिएका छन् । अल शबाब यहाँको सरकारविरुद्ध २००८ देखि लडिरहेको छ । यो समूह त्यहाँको सरकारलाई अपदस्थ गरेर शरिया कानुनसहितको आफ्नो राज्य व्यवस्था स्थापित गराउन चाहन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *