कोरोनाका कारण संटकमा परेका नेपाली नागरिकलाई सम्मानपूर्वक स्वदेश फर्काइन्छ : श्रम मन्त्री यादव (भिडियो)

डिसी नेपाल
१४ असार २०७७ १२:४२

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना भाइरसका कारण संकटमा परेको नेपाली नागरिकलाई चाँडो र सम्मानपूर्वक स्वदेश फर्काउने काम भइरहेको जनाएका छन्।

‘विमानस्थल र सिस्टमले धान्ने गरी सरकारले संकटमा परेका,अप्ठेरोमा परेका सम्पूर्ण नेपालीलाई सम्मान पूर्वक नेपालमा ल्याउँछ,’ मन्त्री यादवले डिसी नेपालसँग भने, ‘हाम्रा नेपाली दाजु भाइ जुन देशमा भएपनि आफू श्रम गरेर देशलाई रेमिट्यान्स दिने र आफ्नो आफू आश्रित परिवारलाई सुविधा दिने नेपाली श्रमिलाई सरकारले उच्च सम्मानका साथ देशभित्र ल्याउने काम गरिरहेको छ।’

उनले श्रमका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिक विभिन्न कारणले आफ्नो खर्चमा स्वदेश फर्किन नसकेकालाई सरकारले निशुल्क रुपमा नेपाल ल्याउने प्रवन्ध गर्ने मन्त्री यादवले जनाए।

‘काम पनि नभएको र भिसा पनि सकिने लागेका नागरिकलाई सरकारले राज्यको लोककल्याणकारी कोषबाट खर्च गरेर भएपनि ल्याउने काम गरिरहेका छौं,’ उनले भने।

मन्त्री यादवले अहिले सम्म नेपालका कति श्रमिक छन् र कुन क्षेत्रमा कसरी काम भइरहेको भन्ने कुनै तथ्यांक नभएको उल्लेख गर्दै मन्त्रालयले सूचना बैंक स्थापना गरेर सबै श्रमिकको तथ्यांक राख्ने काम सुरु गरेको जानकारी दिए।

कोरोनाका कारण विदेशबाट स्वदेश फर्किएका श्रमिकलाई स्वदेश भित्रै रोजगारी सृजना गर्ने गरी सरकारले योजना बनाइरहेको उनको भनाइ थियो।

मन्त्री यादवसँग डिसी नेपालले गरेको संवाद भिडियोमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *