अबको ९ दिनपछि नेपाल प्रहरीको आइजीपी थापा कि पाल ?

डिसी नेपाल
१५ असार २०७७ १४:३०

काठमाडौं। नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आइजीपी) नियुक्ति हुन अब ९ दिन बाँकी छ। प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जाने भएकाले उनको स्थानमा नयाँ महानिरीक्षक नियुक्त हुन ९ दिन बाँकी रहेको हो।

प्रधानमन्त्री कार्यालययदेखि गृहमन्त्रालयसम्म नयाँ आइजीपीको बारेमा सोधखोज शुरु भैसकेको छ। यसपटक एआईजी शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजना आईजीपी हुने निश्चित भएपनि उनीहरु मध्ये को हुन्छन भन्ने बारेमा भने अहिलेसम्म कौतुहलता नै छ।

उपेन्द्रकान्त अर्याल अवकाश पाएपछि डिआइजीबाट आईजीपी बन्दै आएका थिए। वर्तमान आईजीपी ज्ञवाली पनि डीआईजीबाटै नियुक्त भएका हुन्। नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्साल पनि छन्।

तर उनी वर्तमान आईजीपी ज्ञवालीका ब्याजी भएकाले त्यसैदिन अनिवार्य अवकाश पाउनेछन्। अहिले भएका थापा र पाल मात्रै आईजीपीका दाबेदार भएकाले उनीहरुबीच नै आइजीपीको लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।

पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन्। प्रहरीभित्र दुवै व्यावसायिक अधिकृत मानिन्छन्। आईजीपी नियुक्ति सरकारले गर्ने भएकाले प्रधानमन्त्री वा गृहमन्त्रीसँग नजिक भएका व्यक्ति वा उनीहरुले रुचाएका अधिकृत मात्रै आइजीपी हुनेछन्।

आइजीपी नियुक्तको ९ दिनअघिबाटै प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयले कसलाई बनाउने भन्ने बारेमा छलफल अघि बढाएपनि को हुन्छन भन्ने विषयमा निक्र्याेल गरिसकेको छैन। प्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष, गृहमन्त्री प्रतिपक्षी दलको समेत चासो रहने गर्छ।

प्रहरी नियमावलीमै सरकारले उपयुक्त लागेको जुनसुकै व्यक्तिलाई एआइजी वा डिआइजी मध्येबाट आईजीपी बनाउन सक्ने उल्लेख भएका कारण दुई मध्ये एक जना हुने अवस्था आएको हो।

आइजीपी नियुक्तको ९ दिनअघिबाटै प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयले कसलाई बनाउने भन्ने बारेमा छलफल अघि बढाएपनि को हुन्छन भन्ने विषयमा निक्र्योल गरिसकेको छैन। प्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष, गृहमन्त्री प्रतिपक्षी दलको समेत चासो रहने गर्छ। अहिले एकै पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रधानमन्त्रीले रोजेको व्यक्ति नै आईजीपी हुने संभावना बलियो रहेको छ।

प्रहरी प्रधान कार्यालय उच्च स्राेतका अनुसार कार्यसम्पादन मूल्यांकनको औसतका आधारमा  दिइने अंक पालकाे भन्दा थापाकाे  बढी छ ।

प्रतिस्पर्धा रहेका थापा र पाल विगतमा विवादमा तानिएका छैनन्। थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत कमान्ड सम्हालेका छन्। हाल उनी मानव स्रोत एवं प्रशासन विभागको प्रमुख छन्।

पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन्। हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन्। दुवै प्रहरी अधिकृतहरु विवादमा नतानिएका कारण अहिले दुवैको उस्तै उस्तै अवस्थामा रहेका छन्।

उनका अनुसार यसअघि आईजीपी नियुक्तिमा दाबेदारबीच व्यापक दौडधूप देखिए पनि यसपटक त्यस्तो देखिएको छैन दुवै जना आफ्नो तरिकाले काम गरिरहेका छन्।

यसअघि सर्वेन्द्र खनाल आईजीपी भएपछि उनकै ब्याजी रमेश खरेलले पदबाट राजीनामा दिएका थिए। त्यसयता आईजीपी सर्वेन्द्र खनाल र एआईजी पुष्कर कार्कीबीच राम्रो सम्बन्ध नरहेको चर्चा हुँदै आएको थियो।

त्यसअघि नवराज सिलवाल र जयबहादुर चन्द मध्ये को आइजीपी हुने भन्ने लडाइले प्रहरी संगठनमा चेनअफ कमाण्ड नै विग्रेको थियो। अहिले भने थापा र पालले यसलाई इगोको विषय नबाउने भन्दै उनीहरु आफ्नो लविङमा लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *