कर्णाली राजमार्ग अवरुद्ध : सुत्केरीको अवस्था गम्भीर

डिसी नेपाल
१५ असार २०७७ १८:२२

सुर्खेत । कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको । सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर बोकेर कालीकोट र जुम्ला जाने यातायातका साधन अलपत्र परेका छन् ।

आठबीसका प्रमुख खड्कराज उपाध्यायले राजमार्गमा ठूलो पहिरो गएको बताए। ‘सडक डिभिजन कार्यालयलाई पनि खबर गरेका छौंँ तर पहिरो ठूलो छ । पहिरो हटाउन डोजर अभाव भएपछि व्यक्तिको डोजरलाई प्रयोगमा ल्याइएको छ’, वनले भने,‘यो डोजरले पहिरो हटाउन अझै दुई दिन लाग्छ ।’

यसैबीच आइतबार बेलुका जिल्ला अस्पताल कालीकोटबाट सुर्खेत रिफर गरिएकी एक सुत्केरी सडक अवरुद्ध हुँदा १८ घण्टादेखि अलपत्र परेकी छन् । कालीकोट रिफर गरिएकी सुत्केरी र नवजात शिशुको अवस्था गम्भीर देखिएको छ ।

राति कालीकोट जिल्ला अस्पतालबाट सुरक्षित सुत्केरी गराएकी खाँडाचक्र नगरपालिका–१ की २५ वर्षीया वसन्ती शाही र नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

पहिराले सडक कर्णाली राजमार्ग अवरुद्ध हुँदा सुत्केरी र नवजात शिशु जाक्सी गाउँको गोठमा बसेका छन्। शिशुलाई दिएको अक्सिजन सकिँदा अवस्था गम्भीर बन्दै गएको वसन्तीका श्रीमान् राजकुमारले बताए। ‘अक्सिजन सकियो । राकम कर्णाली सात्तला हेल्थ पोष्टमा अक्सिजन नै छैन’, उनले भने, ‘पानी परिरहेकाले सडक खुल्ने अवस्था छैन । नवजातको अवस्था थप गम्भीर हुँदै गएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *