इरानद्वारा ट्रम्पविरुद्ध अरेष्ट वारेन्ट जारी, इन्टरपोलसँग सहयोग मागियो

डिसी नेपाल
१५ असार २०७७ २२:३६

तेहरान (एजेन्सी) । इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अरेस्ट वारेन्ट जारी गरेको छ। इरानी समाचार एजेन्सीअनुसार इरानले आफ्नै सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्या आरोपमा ट्रम्पलगायत ३० जनाविरुद्ध अरेस्ट वारेन्ट जारी गरेको हो।

समाचारअनुसार इरानले उनीहरुलाई पक्राउका लागि सहयोग गरिदिन अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाईसमेत अनुरोध गरेको छ। फ्रान्समा मुख्यालय रहेको इन्टरपोलले भने हालसम्म सो अनुरोधको जवाफ नदिएको समाचारमा जनाइएको छ।

अमेरिकाले इरानी रिभोल्यूशनरी गार्ड्स कुद्ज फोर्सका कमाण्डर जर्नेलल सुलेमानीलाई ३ जनवरीमा इराकको राजधानी बगदादस्थित इंटरनेशनल एअरपोर्टमा ड्रोन आक्रमण गरी हत्या गरिदिएको थियो। यो घटनापछि इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *