जब एक महिलाले बिहेको ९ वर्षपछि थाहा पाइन उनी पुरुष हुन्

डिसी नेपाल
१५ असार २०७७ २३:३०

नयाँ दिल्ली (एजेन्सी) । एक महिला ३२ वर्षदेखि सामान्य जीवन विताइरहेकी थिइन्। उनको बिहे भएको ९ वर्ष भइसकेको थियो। तर अचानक उनलाई थाहा भयो उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्यान्सर भएको छ।

भारतको पश्चिम बंगालको बीरभूमकी उनी महिला शरीरले त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषका रुपमा जन्मिएकी थिइन्। उनको यो मामिला जब अस्पताल पुग्यो डाक्टरहरु पनि हैरान भए। उनीहरुलाई यो समस्याबारे थाहा पाउन लामो जाँच प्रक्रिया पूरा गर्नुपर्ने भयो।

त्यसपछि थाहा भयो यी महिलालाई एन्ड्रोजन इन्सेसिटिभिटी सिन्ड्रोम भएको छm जसमा व्यक्तिको शरीर त महिलाको तर क्रोमोजोम पुरुषका हुन्छन्। यी महिला केही महिनादेखि पेट दुख्ने समस्याबाट पीडित थिइन्। यही समस्या लिएर उनी सुभाष चन्द्र बोस क्यान्सर अस्पताल पुगेकी थिइन्। उनको उपचार गर्ने डाक्टरहरुले पहिला त उनको समस्याबारे थाहा पाउन सकेनन्।

क्यान्सर अस्पतालका कन्सल्टेन्ट क्लिनिकल ओन्कोलोजिस्ट डाक्टर अनुपम दत्ता र कन्सल्टेन्ट सर्जिकल ओन्कोलोजिस्ट डाक्टर स्यामेन दास उनको उपचार गरिरहेका थिए।

डाक्टर अनुपम दत्ता भन्छन्, ‘यी महिला अस्पतालमा पेट दुख्ने समस्या लिएर आएकी थिइन्। जब उनको टेस्ट भयो, तब थाहा भयो, उनमा पाठेघर र अण्डाशाय छैन। पेट एक ट्यूमर जस्तै थियो। त्यसपछि हामीले उनको बायोप्सी गरेयौं। थाहा भयो उनलाई सिननेमा छ। जो पुरुषमा हुने टेस्टिक्यूलर क्यान्सर हो।’

डाक्टर अनुपम भन्छन्, ‘हामीले उनको जीन टेस्ट गरेयौं जसमा क्रोमोजोमको विश्लेषण गरियो। यसमा थाहा भयो उनीमा ४६ एक्सवाई क्रोमोजोम छन, जो पुरुषमा हुन्छन्। महिलाहरुमा ४६ एक्सएक्स क्रोमोजोम र पुरुषमा ४६ एक्सवाई क्रोमोजोम हुन्छन्।’

‘यसबाट हामीलाई थाहा भयो यी महिला एक दुलर्भ रोग एन्ड्रोजन इन्सेसिटिभिटी सिन्ड्रोमबाट पीडित छन्। तर पनि उनी एक सामान्य जीवन व्यतित गरिरहेकी छन्। यस सिन्ड्रोमले उनको वैवाहिक जीवनमा कुनै असर परेको छैन।’

उनले यस रोगबाट कुनै समस्या नहुने बताए। तर महिला कहिल्यै पनि आमा बन्न नसक्ने बताए। र यी महिलालाई कहिल्यै महिनावारी पनि हुँदैन।

यी महिलाले महिनावारी नभएकोमा उपचार पनि गराएकी थिइन्। तर डाक्टरहरुले पाठेघर र अण्डाशाय नभएको कुरा पत्ता लगाएनन्। यसको कारण यो पनि छ की कुनै पटक जन्मदेखि नै युवतिहरुमा यी अंग हुँदैनन्।

समाचारअनुसार यी महिलाकी एक बहिनी र सानीआमा पनि यो समस्या छ। उनकी बहिनी २८ वर्षकी छन्।

यो रोग एक जेनेटिक डिसअर्डर हो। जसले बच्चाको प्रजनन अंगलाई प्रभावित गर्छ। यसमा यौनांग हुन सक्छन् तर प्रजनन अंग शरीर हुँदैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *