भारतले ५९ वटा चिनियाँ एप बन्द गरेपछि चीन चिन्तित

डिसी नेपाल
१६ असार २०७७ १४:३६

काडमाडौं। भारतले ५९ वटा चिनियाँ एप बन्द गरेपछि यस विषयमा चीनले चिन्ता व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने ‘यो पूरा घटनाक्रमले चीन चिन्तित छ र पूरै मामिलाको जानकारी लिइरहेको छ ।’ हिजो मोदी सरकारले लोकप्रिय एपहरु टिकटक, शेयरइटलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

चीनको विदेश मन्त्रालयले भनेको छ ‘हामी यो कुरामा जोड दिन चाहन्छौं कि चीन सरकार सधैं चिनियाँ व्यवसायहरुलाई अन्तर्राष्ट्रिय र स्थानीय कानुन–विनियमहरुको पालना गर्न भन्छ । भारत सरकारसँग चिनियाँ लगानीकर्तासहित अन्तर्राष्ट्रिय लगानीकर्ताको कानुनी अधिकार कायम राख्ने जिम्मेवारी छ ।’ अहिले भारतले यी एपमाथि लगाएको प्रतिबन्ध अन्तरिम हो । अब यो विषय एक समितिकहाँ जानेछ । प्रतिबन्धित एपले समितिसमक्ष आफ्नो पक्ष राख्न पाउँछ । त्यपछि प्रतिबन्ध कायम राख्ने वा हटाउने भन्ने निर्णय समितिले गर्नेछ ।

भारत र चीनबीच जारी तनावको चपेटामा चिनियाँ कम्पनी हुवावे पनि पर्न सक्ने आशंका गरिएको छ । हुवावे भारतमा फाइभजी नेटवर्क विस्तारको लागि प्रमुख दावेदार कम्पनीमध्ये एक हो । भारतले अहिलेलाई फाइभजी नेटवर्क विस्तारको टेण्डर प्रक्रिया एक वर्षको लागि स्थगित गरिसकेको छ । तर, गत वर्ष हुवावेलाई फाइभजीको टेण्डर प्रक्रियामा सहभागी हुन अनुमति दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *