आमिर खानका केही स्टाफ कोरोना संक्रमित, आमाको लागि गरे प्रार्थना

डिसी नेपाल
१६ असार २०७७ १४:५५

मुम्बइ। बलिउड सुपरस्टार आमिर खानको घरमा कोरोनाभाइरले प्रवेश गरेको छ । उनका केही स्टाफ संक्रमित देखिएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । आमिरसहित परिवारका धेरैजसो सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको छ । तर, उनकी आमाको परीक्षण हुन बाँकी छ । आमिरले आफ्नी आमाका लागि प्रार्थना गरिदिन पनि फ्यानहरुसँग आग्रह गरेका छन् ।

आमिरले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । आमिरले ट्वीटरमा लेखेका छन् ‘म सबैलाई यो बताउन चाहन्छु कि मेरा स्टाफका केही सदस्यहरु कोरोना पोजेटिभ पाइएका छन् । उनीहरुलाई तुरुन्त क्वारेन्टाइन गरिएको छ । बीएमसीका अधिकारीहरुले तत्कालै उनीहरुलाई मेडिकल सुविधा उपलब्ध गराए । म बीएमसीलाई धन्यवाद दिन चाहन्छु । उनीहरु मेरा स्टाफको राम्रो हेरचाह गरिरहेका छन् । पूरै सोसाइटीलाई सेनिटाइज र डिसइन्फेक्ट गरिँदै छ ।

आमिरले अगाडि लेखेका छन् ‘हामी सबैको पनि कोरोना टेस्ट भयो र हामी सबै नेगेटिभ पाइएका छौं । अब म मेरी आमालाई परीक्षणको लागि लैजाँदैछु । उहाँ अन्तिम सदस्य हो जसको कोरोना टेस्ट हुन बाँकी छ । कृपया प्रार्थना गरिदिनुस् कि आमाको टेस्ट रिपोर्ट नेगेटिभ आओस् । जुन व्यवसायिकताको साथमा बीएमसीले हामीलाई सहयोग र हेरचाह गरे त्यसको लागि म एकपटक फेरि धन्यवाद दिन चाहन्छु ।’ आमिर खानले कोकिलाबेन अस्पतालका डाक्टर, नर्स र स्टाफलाई पनि धन्यवाद दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *