१३ हत्या, दर्जनौं बलात्कार र चोरीका दोषी पूर्व पुलिस अधिकारीले २ वर्षपछि सबै अपराध स्वीकारे

डिसी नेपाल
१७ असार २०७७ १३:००

काठमाडौं। अमेरिकाको क्यनालिफोर्नियामा सिरियल बलात्कार, हत्या र चोरीको लागि जिम्मेवार एक पूर्व पुलिस अधिकारीले आफ्ना सबै अपराध स्वीकार गरेका छन् । यी पुलिस अधिकारीले दर्जनौं बलात्कार, चोरी र १३ हत्या गरेका थिए । उनलाई अमेरिकामा ‘गोल्डेन स्टेट किलर’ नाम दिइएको छ । जोसेफ जेम्स डी एन्जेलो नामका ती पूर्व पुलिस अधिकारीलाई २ वर्षअघि पक्राउ गरिएको थियो ।

सीएनएनका अनुसार २०१८ मा पक्राउ परेका जोसेफ २ वर्षसम्म अदालतमा चुपचाप थिए । पटक–पटक सोध्दा पनि उनले आफ्नो अपराध स्वीकार गरेका थिएनन् । २९ जून २०२० मा अदालतमा उनले सबै अपराध स्वीकार गरेका हुन् । उनले अदालतसँग आफूले गल्ती गरेको स्वीकार गर्दै मृत्युदण्ड नदिन आग्रह गरे । अदालतले उनको आग्रह मान्दै उनलाई आजीवन कारावासको सजाय सुनाएको छ । साथमा अदालतले उनले कहिल्यै पनि जमानत लिन नपाउने फैसला गरेको छ ।

७४ वर्षका जोसेफले २ वर्षसम्म अदालत र पुलिस प्रशासनको अगाडि केही बोलेका थिएनन् । अदालतमा उनले आफूलाई आफ्नो अन्तरआत्माले अपराध स्वीकार गर्न भनेकोले आफूले अपराध स्वीकार गरेको बताए । जोसेफले १९७० देखि ८० को दशकमा क्यालिफोर्नियालाई त्रसित बनाएका थिए । दर्जनौं बलात्कार, कैयौं चोरी र १३ हत्या गरेका थिए । तर, १९८६ पछि उनले यी सबै अपराधका काम बन्द गरेका थिए ।

उनी वर्षौंसम्म बचेर रहेका थिए तर अप्रिल २०१८ मा उनी पक्राउ परे । जोसेफले अदालतमा आफूभित्र जेरी नामको एक व्यक्ति रहने र उसैले यी सबै अपराध गराएको बताएका थिए । जोसेफले आफ्नो दिमागलाई जेरीले नियन्त्रण गर्ने र अपराध गराउने गरेको बताए ।

यो सुनुवाइको लागि सेक्रामेन्टो स्टेट युनिभर्सिटीको हलमा अदालत बनाइएको थियो । सुनुवाइका क्रममा करिब १५० जना उपस्थित थिए । अदालतमा पीडितका परिवार पनि उपस्थित थिए । जोसेफले अपराध स्वीकार गर्दै पीडितका परिवार सबैको आँखामा आँसु थिए ।

पुलिस अधिकारीहरका अनुसार जोसेफ पूर्वसैनिक पनि थिए । उनले भियतनाममा युद्ध लडेका थिए । यसका अलावा उनी पुलिसको अपराध अनुसन्धान सम्बन्धी सबै तरिका जान्दथे त्यसैले लामो समय पक्राउ परेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *