भारतमा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो, प्रत्येक पाँच दिनमा एक लाख नयाँ संक्रमित
नयाँ दिल्ली। भारतमा कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ। पाँच दिनमा सक्रमितको संख्या पाँचबाट ६ लाख पुगेको हो। २६ जुलाईमा संक्रमितको संख्या पाँच लाख नाघेको थियो। भारतको ३० जनवरीमा पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसको ११० दिनपछि दश मे मा यो संख्या बढेर एक लाख पुगेको थियो। त्यसपछि संक्रमितको संख्या यसरी बढ्यो कि १५ दिनमा संक्रमितको संख्या दुई लाख नाघेको थियो। त्यसपछि संक्रमितको संख्या दुई लाखबाट तीन लाख पुग्न मात्र दश दिन लाग्यो। ३ बाट चार लाख पुग्न ८ दिन र चारबाट पाँच लाख पुग्न मात्र ६ दिन लाग्यो। र, पाँच लाखबाट ६ लाख पुग्न पाँच दिन लाग्यो।
यसको अर्थ भारतमा प्रत्येक पाँच दिनमा एक लाख नयाँ संक्रमित थपिन थालेका छन्। यदि यही गतिमा संक्रमितको संख्या बढ्ने क्रम जारी रह्यो भने अब तीनदेखि चार दिनको बीचमा भारतले रुसलाई पछि पार्दै धेरै संक्रमित हुने संख्याको तेस्रो नम्बरमा पुग्नेछ।
अन्य मुलुकको तुलनमा भारतमा संक्रमित बढ्ने संख्या अहिले पनि केही मन्द छ। अमेरिकामा सबैभन्दा तीव्र ८६ दिनमा ६ लाख भन्दा धेरै पोजेटिभ पाइएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment