नेपालमा थप ३२ जनामा कोरोना संक्रण पुष्टि

डिसी नेपाल
१९ असार २०७७ ७:२४

काठमाडौँ । नेपालमा शुक्रबार बिहानै ३२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ४ जिल्लामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।

निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा नवलपुर (नवलपरासी पूर्व) मा १९, तनहुँमा ९, पर्वतमा ३, बागलुङमा एक रहेका छन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *