भारतीय प्रधानमन्त्री लद्दाख पुगेपछि चीनले दियो कडा चेतावनी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक चीनसँगको सीमावर्ती क्षेत्र लद्दाख पुगेपछि चीनले कडा चेतावनी दिएको छ । भारतीय प्रधानमन्त्रीको भ्रमणप्रति लक्षित गर्दै चीनको विदेश मन्त्रालयले कुनै पनि पक्षले यहाँ माहोल बिगार्ने काम नगर्ने चेतावनी दिएको हो ।

दैनिक प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने ‘भारत र चीन लगातार सैन्य र कूटनीतिक छलफलको माध्यमबाट सीमामा तनाव गम गर्न लागिरहेका छन् । यस्तोमा कुनै पनि पक्षले यस्तो केही पनि गर्नु हुँदैन जसबाट सीमामा तनाव उत्पन्न होस् ।’

मोदीले लद्दाख, लेह र अन्य स्थानको यात्रा गरेकै दिन चीनको यस्तो बयान आएको हो । मोदी आज बिहान सीमा क्षेत्रको सुरक्षा स्थितिको अवलोकन गर्न भन्दै लेह–लद्दाख गएका थिए । १८ दिनअघि १५ जूनमा यहाँ दुई देशका सैनिकबीच हिंस्रक भिडन्त हुँदा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकले ज्यान गुमाएका थिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो