वेस्ट बैंकलाई किन कब्जामा लिन चाहन्छ इजरायल?
वेस्ट बैंक (बीबीसी) । प्यालेस्टिनी क्षेत्रमा बसेको इजरायली बस्ती भएको क्षेत्रलाई कब्जामा लिनका लागि इजरायली संसदमा हतदान हुँदैछ। इजरायलले सो क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ। धेरै देशहरु यस यहुदी बस्तीलाई अवैध मान्छन्, तर अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन इजरायललाई छ।
अमेरिकाको समर्थन
सँयुक्त राष्ट्र संघ र यूरोपेली संघका धेरैजसो देशहरु वेस्ट बैंकमा इजरायली वस्तीहरुलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन मान्छन्। आधिकारिक रुपमा अमेरिकामा पनि यसमा सहमत थियो, तर नोभेम्बर २०१९ मा डोनाल्ड ट्रम्प प्रशासनले यी वस्तीहरुलाई अवैध नमान्ने स्पष्ट पारेको थियो।
अमेरिकाको समर्थनपछि इजरायली संसद यसमाथि मतदान गर्न सक्छ, किनकी यो क्षेत्रलाई कहिले कब्जामा लिने। प्यालेस्टाइनीहरुले यसको कडा विरोध गरेका छन्। उनीहरुका लागि यो प्यालेस्टानी जमीनको एक टुक्रा काट्नु जस्तै हो, यसरी धेरै पहिला पनि टुक्रा काटिएका छन्। उनीहरुले त्यो जमीन गुमाउने छन्, जो भविश्यमा उनीहरुको देशका लागि महत्वपूर्ण भूमिका प्रदान गर्नेछ। यो अवैध हो वा होइन एक मुद्दा हो, तर यहाँ बस्तीहरु लगतार फैलिरहेका छन्।
प्यालेस्टाइनीहरु वेस्ट बैंकलाई आफ्नो भविश्यको देशको एक अंगका रुपमा हेर्छन् तर, १९७१ को इजरायल–अरब युद्धपछि इजरायलले यहाँ इजरायली बस्ती बनाउन शुरु गरिदियो।
वेस्ट बैंकको यो सानो जमीनमा ३० लाख मानिसहरु बस्छन्, जसमा ८६ प्रतिशत प्यालेस्टाइनी छन्। र १४ प्रतिशत इजरायली बस्तीका मानिसहरु छन्। उनीहरु आ आफ्नो समूदायमा बस्छन् र उनीहरु एक अर्काप्रति कुनै मतलब गर्दैनन्।
धेरैजसो इजरायली बस्ती ७०, ८० र ९० को दशकमा बसालिएका थिए। तर, गएका २० वषएहरुमा उनीहरुको जनसंख्या दोब्बर भएको छ। इजरायल यी बस्तीहरुमा विजुली–पानी जस्ता सुविधा दिन्छ र इजरायली सेनाले उनीहरुलाई सुरक्षा दिन्छ।
प्यालेस्टाइनी क्षेत्रमा इजरायली बस्ती छरिएका छन्। यी बस्तीको सुरक्षा इजरायली सेनाले गर्छ र प्यालेस्टाइनीहरु यी बस्तीमा आउन सक्दैनन्। यसकारण प्यालेस्टाइनी शहर यो क्षेत्रबाट कटेका छन्। प्यालेस्टाइनी क्षेत्रमा यातायात र विकास निर्माण निकै कठिन छ। स्याटेलाईट तस्वीरमाफर्त थाहा हुन्छ, यी क्षेत्रमा बस्तीहरु निकै फैलिएका छन्। २००४ मा गिभात जीवमा १० हजार मानिस थिए तर, हाल यहाँ १७ हजार मानिस छन्। यो पश्चिमतर्फ फैलिएको छ। यहाँ नयाँ घर बनेका छन्। यहुदी प्राथाना स्थल र सपिंग मल बनेका छन्।
यहाँ इजरायली बस्ती कतै कतै ठूला छन्, र यी बस्तीमा केही हजार मानिस बस्छन्। मोडीन इलीटमा सबैभन्दा ठूलो इजरायली बस्ती छ, जसमा ७३ हजार ८० जना मानिस छन्। गएको १५ वर्षमा यहाँको जनसंख्या तीन गुणा बढेको छ।
इजरायली बस्तीमा प्रजनन दर उच्च
डोनाल्ड ट्रम्पष्ले भविश्यका लागि यी बस्तीहरुका लागि योजना प्रस्ताव गरेका छन्। प्रस्तावअनुसार सबै बस्तीहरुमा ४ वर्षका लागि सबै निर्माणमा रोक लगाउने योजना छ। यदि यसमा निर्माण नभए पनि यहाँको जनसंख्या त बढ्ने नै छ, किनभने यहाँको प्रजनन दर निकै उच्च छ।
यी बस्तीहरुमा महिलाहरुका औशत ७ बच्चा छन्। इजरायलमा त्यसो त प्रजनन दर निकै धेरै छ। इजरायलमा प्रजनन दर प्रति महिला ३.१ बच्चा छ, जबकी यूरोपेली संघका मुलुकमा यो दर १.५८ छ। मोडीन इलीटमा त प्रजनन दर अझ उच्च छ। यहाँ प्रतिमहिला ७.५९ बच्चा छ।
उता वेस्ट बैंकमा प्यालेस्टाइनीहरुका बच्चा निकै कम छन्। प्यालेस्टाइनी महिलाहरुका बच्चा औशत ३.२ छन्।
यहाँ इजरायली र प्यालेस्टाइनी दुबैले दावी गर्दै आएका छन्। यहाँबाट इजरायली बस्ती नहटेसम्म आफ्नो देश नबन्ने प्यालेस्टाइनीको दावी छ।
यी बस्तीहरुमा केही मानिसहरु आउनुको कारण इजरायली सरकारले दिने अनुदान पनि एक हो। यहाँ घर निकै सस्तोमा पाइन्छ र जीवनस्तर पनि राम्रो छ। केही मासिनहरु भने यहाँ धार्मिक झुकावका कारण आएका हुन्। किनकी हिब्रु बाइबलमा ईश्वरले उनीहरुलाई यहाँ बस्ने जिम्मेवारी दिएका थिए। यहाँ बस्नेहरु मध्ये एक तिहाई निकै रुढिवादी छन्। यी समूदायका परिवार प्रायः निकै ठूला छन्। जसका कारण गरिबी पनि छ। यहाँ राम्रो जीवनशैली एक ठूलो मुद्दा हो।
निकै कम मासिनहरु यस जमीनलाई दुई स्वतन्त्र मुलुकमा विभाजन गर्ने विचारको समर्थन गर्छन्। २००६ मा ७१ प्रतिशत प्यालेस्टाइनी र ६८ प्रतिशत थियो। तर, २०१८ मा यो संख्या घटेर ४४ प्रतिशत प्यालेस्टाइनी र ५५ प्रतिशत इजरायली यसको समर्थन गर्थे।
यस्तै २०१८ सम्म इजरायल र प्यालेस्टाइनलाई एक राष्ट्रमा विलय गर्नेमा ३६ प्रतिशत प्यालेस्टाइनी, १९ यहुदी र ५६ प्रतिशत इजरायली सहमत थिए।
Facebook Comment