गण्डकी प्रदेशमा १६ संक्रमित थपिए
काठमाडौँ । गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
निर्देशनालयका अनुसार, शनिबार बिहान गण्डकीका बागलुङमा २, म्याग्दीमा ३, स्याङ्जामा १, तनहुँमा १, कास्कीमा २ र नवलपुर (नवलपरासी पूर्व) मा ७ जना संक्रमित भेटिएका हुन्।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०७९ पुगेको छ। नयाँ संक्रमितहरुलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
गोरखाका एक संक्रमितको मृत्यु
गोरखामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ः०५ बजे मृत्यु भएको गोरखा अस्पतालले पुष्टि गएको छ। मृतक पुरुष गोरखाको पालुङ्गटार नगरपालिका ७ का स्थानीय वासी हुन् ।
असार १९ गते शुक्रबार राति ९ः५५ बजे मात्रै सुगररोगबाट पीडित पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ
No ads found for this position

डिसी नेपाल
Facebook Comment