जनकपुरधाममा ३ करोडको लागतमा शहीदद्वार निर्माण गरिने

डिसी नेपाल
२० असार २०७७ ११:५७

जनकपुरधाम । मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग मुजेलियामा शहीद द्वारको निर्माण गर्ने भएको छ।

करिब रू. तीन करोडमा मधेश आन्दोलनका शहीद नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको सम्मानमा शहीद द्वार निर्माण गर्ने योजना अघि सारिएको हो।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मधेश आन्दोलनमा शहादत प्राप्त गरी अन्त्येष्टि गरिएको छेउ मुजेलियास्थित राजमार्गमा शहीद द्वार निर्माण गरिने छ।

द्वारको तीनवटा पिलरमा नितु, दिलीप र सञ्जयको प्रतिमा रहने जनाइएको छ। उपमहानगरपालिकाद्वारा सो द्वारमा मर्यादा पुरूषोत्तम भगवान रामको प्रतिमा पनि राख्ने योजना अघि सारिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *