विदेशमा अफ्ठ्यारोेमा परेका नेपाली श्रमिकको व्यवस्थापनका लागि आइएलओको ५ करोड सहयोग

डिसी नेपाल
२० असार २०७७ १८:०८

काठमाडौँ । विदेशमा अफ्ठ्यारोेमा परेका नेपाली श्रमिकको व्यवस्थपनका लागि संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ । आइएलओ र एनआरएनएबीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको संघका अध्यक्ष कुमार पन्तले डिसी नेपाललाई बताए ।

उनका अनुसार यो रकम विशेषगरी कोरोना महामारीका कारण मलेसिया, यूएई, कतार र साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको व्यवस्थापन तथा उद्धारमा खर्च गरिनेछ । त्यस्तै कोरोनाले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न पनि यो रकमको प्रयोग हुनेछ ।

‘आइएलओबाट संघलाई चार देशमा समस्यामा परेका नेपालीहरुको व्यवस्थापनको लागि ४ लाख २४ हजार डलर अनुदान प्राप्त हुनेभएको छ । यस विषयमा संघ र आइएलोबीच सम्झौता भैसकेको छ,’ जर्मनीबाट डिसीनेपालको टेलिफोन सम्पर्कमा पन्तले भने, ‘यो रकम ती देशमा समस्यामा परेका श्रमिकको हित तथा कोरोनाले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न खर्च गरिनेछ ।’

उनले ती चार मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली दूतावाससंग समन्वय गरि कार्यालय स्थापना गरेर संघले आफ्नो कार्य अघि बढाउने तयारी समेत गरेको बताए । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिइनेछ। ‘हामीले चार देशमा रहेका नेपाली दूतावासँग समन्वय गरि कार्यालय स्थापान गर्ने योजना बनाएका छौँ, उनले भने, ‘ती प्रत्येक कार्यालयमा समस्यामा परेका नेपालीको समस्या समाधान तथा सहजिकरणको लािग संघबाट पाँच–पाँच जना स्वयमंसेवी कर्मचारी खटाइनेछ।’

पन्तका अनुसार प्राप्त उक्त रकम विदेशमा अत्यन्तै समस्यामा परेका नेपाली फर्काउनको लागि समेत खर्च गरिनेछ । त्यहाँ रोजगारी गुमाएर अत्यन्तै कठिनाइमा परेका नेपालीको स्वदेश फिर्ती तथा स्वदेश फर्र्किएपछि पीडितहरुलाई घरसम्म पुर्याउन रकम खर्च गरिने संघको योजना छ ।

एनआरएनएले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको हो । अध्यक्ष पन्तले आइएलओको निर्णय स्वागत योग्य भएको बताए ।

सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा.पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रपोजल तयार पारेका थिए । आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

आइएलओले हालै सार्वजनिक गरेको प्रतिवेदनमा विश्वमा सवा एक अर्बको रोजगार प्रभावित हुने चेतावनी दिइएको थियो । आइएलओले विश्वभर कोरोनाका कारण करिब २ अर्ब ७० करोड कामदार प्रभावित भइरहेको जनाएको थियो । आएलओको मुख्यालय स्वीजड्रल्याण्डको जेनेभामा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *