कोरोनाका कारण विदेशमा थप १३ नेपालीको मृत्यु, २५ हजारभन्दा बढी संक्रमणमुक्त

डिसी नेपाल
२१ असार २०७७ ११:०२

काठमाण्डौँ । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमनमा १ जना र कुवेत १ जना नेपालीको निधन भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म कोरोना कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १४३ पुगेको छ । तथ्याङक अनुसार विदेशका विभिन्न १४ देशमा १४३ नेपालीको ज्यान गएको छ ।

हालसम्म बेलायत, अमेरिका, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड,स्वीडेन, ओमन र भारतगायतका देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको छ ।

समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जना नेपालीमा कोरोनाकाे संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोनासंक्रमणमुक्त भएका छन् ।

एनआरएनएका अनुसार हाल सम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *