साधना लघुवित्तको साधारण शेयर खुल्ला

डिसी नेपाल
२१ असार २०७७ १२:४८

काठमाडौं। साधना लघुवित्त वित्तीय संस्थाको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता साधारण शेयरको आवेदन आइतबारबाट खुल्ला भएको छ।

उक्त शेयरमध्ये १० हजार ८९० कित्ता कर्मचारीलाई र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ।

प्रतिकित्ता एक सय रुपैयाँ अंकित यस शेयरमा लगानीकर्ताले १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिन समय छिटोमा असार २४ गते र ढिलामा साउन ४ गते बन्द हुने निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन्।  राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा लघुवित्त कारोबार गर्न स्विकृत प्राप्त गरेको यस संस्थाको मुख्य कार्यालय गोरखामा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *