‘डबल पारेर’ गीतमा एलिसा र कमलको उत्कृष्ट नृत्य

डिसी नेपाल
२१ असार २०७७ १४:५१

काठमाडौं । नारायण थापाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । ‘डबल पारेर’ बोलको गीत डान्सिङ्ग बिटमा तयार पारिएको छ।

सन्तोष राज बाहकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा कमल सिंह र एलिसा राई फिचर्ड छन् । गीतको भिडियोमा कमल र एलिसाले उत्कृष्ट अभिनय तथा नृत्य गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । भिडियो आभूषण इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नारायण थापाको स्वरमा यस भन्दा पहिले थुप्रै गीत सार्वजनिक भइसकेका छन् । ‘मुना मदन’, ‘कुनै दिन त भेट होला’, तिम्रो मुटु मेरो मुटु जस्ता गीतहरुलाई दर्शक श्रोताले रुचाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *