के अभिभावक नै बालबालिकाको लागि खतरा बन्दै छन त?

डिसी नेपाल
२१ असार २०७७ २१:५०

जिस्केर भाईको अनुहार नजिक मोबाईल लगेर खिचिक्क फोटो खिचिदिए र उस्लाई फोटो देखाए र अब फेसबूकमा राखिदिन्छु भन्दै हाँसे। जिस्किदै बसिरहेको मेरो भाई एक्कासी रिसायो र उसको नजिक गएर ‘किन यो फोटो मन परेन ?’ भनेर सोधेँ। केही बोलेँन रिसाई रह्यो र त्यही मौनताबीच सामाजिक संजालमा हुने बिभिन्न गतिबिधीहरुको बारेमा सोच्न थालेँ।

अहिलेको जमानामा सामाजिक संजाल मानब जीवनको एक अभिन्न अङ्ग बनेको छ। सामाजिक संजालमा फोटो, भिडियो हाल्नु एक्दमै सामान्य भइसकेको छ। अभिभावकले आफ्ना छोराछोरीहरुको गर्भमा हुँदादेखि, पहिलो हिँडाई, पहिलो चोटी स्कुल जाँदाको क्षणदेखि लिएर प्रत्येक क्षणहरु फोटोमा कैद गरेर सामाजिक संजालमा शेयर गर्छन्। Child Rescue Coalition का अनुसार ९० प्रतिशत बालबालिकाहरु आफ्नो दोश्रो जन्मदिन भन्दा अगाडि नै सामाजिक संजालमा उपस्थित र्भइसकेको हुन्छ।

सामाजिक संजालमा अभिभावकले बालबालिकाको फोटो, भिडियो, र व्यक्तिगत सूचनाहरुलाई अत्याधिक मात्रामा शेयर गर्नुलाई अङ्रेजिमा Sharenting भनिन्छ र यस् गतिविधिले गर्दा पनि बालबालिकाको मानसिक स्वास्थ्यदेखि लिएर बिभिन्न पक्षमा असर गर्न सक्छ। यस्तो गतिविधिबाट पीडित हुने पहिलो पुस्ता हामी हौं र यसको बारेमा कुरा उठाउनु एकदमै जरुरी छ।

कुनै पनि बालबालिकाको फोटो, भिडियो कोही अन्जान व्यक्तिले मञ्जुरी बिना दुरुपयोग गरेमा साइबर क्राइमको मुद्दा लगाउन सकिन्छ। बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद २ को दफा ११ (२) बमोजिम कसैले पनि बालबालिकाको चरित्रमा आघात पार्ने वा निजलाई लाज, ग्लानी वा अपहेलना हुने किसिमको निजको व्यक्तिगत सूचना, विवरण फोटो, भिडियो सिर्जना, सुचना सङ्कलन, प्रकाशन, मुद्रण, प्रदर्शन, बिक्री बितरण वा कुनै पनि माध्यमबाट प्रवाह वा गराउन हुँदैन भनेर प्रस्ट लेखिएको छ। तर अभिभावक जो आँफै बालबालिकाको संरक्षकको रुपमा लिइन्छ, बालबालिकाको फोटो, व्यक्तिगत सूचना – विवरणहरु अत्याधिक मात्रामा शेयर गर्छन र पछि त्यही कारणले गर्दा बालबालिकालाई मानसिक, सामाजिक, आर्थिक असर पर्न सक्छ

अभिभावकले नैतीक रुपमा बालबालिकालाई परिवार, आफन्त चिनाउनका लागी, सम्पर्कमा रहिरहनका लागि फोटो हाल्नु केही हद सम्म सामान्य हो। तर अत्याधिक मात्रामा फोटो, भिडियो, व्यक्तिगत सूचनाहरु सामाजिक सञ्जाल्मा पोस्ट गर्दा बच्चालाई खतरा हुन सक्छ।

कुनै पनि बालबालिकाको फोटो, भिडियो कोही अन्जान व्यक्तिले मञ्जुरी बिना दुरुपयोग गरेमा साइबर क्राइमको मुद्दा लगाउन सकिन्छ। बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद २ को दफा ११ (२) बमोजिम कसैले पनि बालबालिकाको चरित्रमा आघात पार्ने वा निजलाई लाज, ग्लानी वा अपहेलना हुने किसिमको निजको व्यक्तिगत सूचना, विवरण फोटो, भिडियो सिर्जना, सुचना सङ्कलन, प्रकाशन, मुद्रण, प्रदर्शन, बिक्री बितरण वा कुनै पनि माध्यमबाट प्रवाह वा गराउन हुँदैन भनेर प्रस्ट लेखिएको छ। तर अभिभावक जो आँफै बालबालिकाको संरक्षकको रुपमा लिइन्छ, बालबालिकाको फोटो, व्यक्तिगत सूचना – विवरणहरु अत्याधिक मात्रामा शेयर गर्छन र पछि त्यही कारणले गर्दा बालबालिकालाई मानसिक, सामाजिक, आर्थिक असर पर्न सक्छ।

संरक्षक मानिने अभिभावकको यस्तो गतिविधिले बालबालिकाको गोपनीयताको हक उल्लङ्घन भएको भन्न मिल्छ कि मिल्दैन ? अभिभावकले कानुनी रुपमा गलत कार्य गरेको भन्न मिल्छ कि मिल्दैन ?

सन् २०१६ मा १८ वर्षिय एक अस्ट्रियाकी युवतिले अभिभावक बिरुद्ध गोपनीयताको हनन् भएको भन्दै मुद्दा हालिन्। बाल्यकालदेखि सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको र त्यो फोटो लज्जास्पद लागेकोले पटकपटक हटाउन आग्रह गर्दा पनि नहटाएपछि अभिभावक बिरुद्ध मुद्दा हालिन्। त्यसै गरी चीनमा पनि १० बर्षिय बालिका Zhang Chuyi ले आभिभावकले आफ्नो फोटो नसोधी हाल्दा आफ्नो सुरक्षामा आँच आउन सक्ने खतरा छ भनेर NO More Sharenting भन्दै काङ्ग्रेसका युवा आग्रगामिलाई चिट्ठी लेखेर पठाए। फ्रान्स र जर्मनको कानुनअनुसार बालबालिकाको अनुमती विना अभिभावकले सामाजिक संजालमा फोटोहरु पोस्ट गरे जेल सजाय र जरिवाना दुवै हुने प्रावधान छ।

अभिभावकहरुले बालबालिकाको फोटो, भिडियो, व्यक्तिगत विवरण दिने कुराहरु सामाजिक संजालमा पोस्ट गर्दा बालबालिकाहरुलाई विभिन्न पक्षमा असर पर्न सक्छ। बालबालिकाको विकासक्रमदेखि लिएर भविष्यमा समेत प्रत्यक्ष रुपमा असर पार्दछ।

सन् २०१६ मा १८ वर्षिय एक अस्ट्रियाकी युवतिले अभिभावक बिरुद्ध गोपनीयताको हनन् भएको भन्दै मुद्दा हालिन्। बाल्यकालदेखि सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको र त्यो फोटो लज्जास्पद लागेकोले पटकपटक हटाउन आग्रह गर्दा पनि नहटाएपछि अभिभावक बिरुद्ध मुद्दा हालिन्। त्यसै गरी चीनमा पनि १० बर्षिय बालिका Zhang Chuyi ले आभिभावकले आफ्नो फोटो नसोधी हाल्दा आफ्नो सुरक्षामा आँच आउन सक्ने खतरा छ भनेर NO More Sharenting भन्दै काङ्ग्रेसका युवा आग्रगामिलाई चिट्ठी लेखेर पठाए। फ्रान्स र जर्मनको कानुनअनुसार बालबालिकाको अनुमती विना अभिभावकले सामाजिक संजालमा फोटोहरु पोस्ट गरे जेल सजाय र जरिवाना दुवै हुने प्रावधान छ। 

अपाराधिक गतिविधिलाई सहायताः सामाजिक संजालमा अभिभावकले आफ्नो बच्चाको मनपर्ने खानेकुरा, मनपर्ने ठाउँ, स्कुल ड्रेस लगाएका फोटोहरु व्यक्तिगत सुचनाहरु पोस्ट गर्दा अपहरण गर्न खोज्ने व्यक्तिलाई सहायता मिल्छ। विभिन्न सर्वेक्षण अनुसार बालबालिकाको अपहरण गर्ने व्यक्ति प्रायः आफ्नो चिनजानका नै भएको देखिन्छ। जस्ले गर्दा अभिभावकको आफ्नै कारणले गर्दा बालबालिकाको ज्यान जोखिममा पुर्याएको देखिन्छ। त्यसै गरी Digital Kidnapping अर्काको बच्चालाई आफ्नो बच्चा भनेर पोस्ट गर्ने जस्ता अपाराधिक गतिविधिहरु पनि हुन्छ।

बालबालिकाको फोटो, भिडियोहरु सामाजिक संजालमा पोस्ट गरिसकेपछि अभिभावाकले ति फोटो, भिडियोहरुलाई नियन्त्रण गर्न सक्ने अधिकार गुमाउँछ र ति फोटो, भिडियोहरु Pedophilie (बालबालिकाहरुसँग यौन सन्तुष्टी लिने) का हातमा पर्न सक्छ। ब्गकतचबष्बिल न्यखभचलmभलत भ् E.safety Commission ले पत्ता लगाएअनुसार पिडोफाईल साईट्समा भएको ५० प्रतिशत फोटोहरु सामाजिक संजालमा लिएको हुन्छन्।

मानसिकतामा असरः अभिभावकको आँखामा आफ्नो सन्तान राम्रा हुन्छन् र फोटोहरु पनि राम्रो लागेर नै सामाजिक संजालमा राख्छन जुन भविश्यमा बालबालिकालाई मन नपर्न सक्छ। ति फोटो, भिडियोहरु देखेर लाज लाग्न सक्छ। त्यही फोटोहरुलाई लिएर साथीहरुले bully गर्न सक्छ जसको कारणले गर्दा बालबालिकाको आत्मबिश्वास घट्ने, एक्लै बस्न मन पराउने र विभिन्न मानसिक समस्याको सिकार हुन सक्छ।

अभिभावक र बालबालिका बिचको सम्बन्धमा चिसोपन आउन सक्छः अभिभावकले राखेको फोटो मन नपरेरपछि बालबालिकालाई अभिभावकप्रती नकरात्मक सोचाई आउन सक्छ। अभिभावकले सामान्य लागेर गरेको कार्यबाट पछि अभिभावक र बालबालिका बिचको सम्बन्ध बिग्रन सक्छ।

अभिभावकले बालबालिकाको फोटो, भिडियो, व्यक्तिगत सूचना, विवरण सामाजिक संजालमा पोस्ट गर्ने कार्य सामान्य लागे पनि सामाजिक संजालको व्यापक्ता र गोपनीयता भङ्ग हुने, ुमबतब उचष्खबअथु विश्वासयुक्त नभएको कारणले गर्दा सामाजिक संजालमा राख्नुभन्दा अगाडि सोच्नै पर्ने हुन्छ। यसरी आफ्नो बालबालिकाको लागि आँफै खतरा नभई बालबालिकाको वर्तमान, भविश्य सबैलाई मध्यनजर गरेर सामाजिक सञ्जालमा फोटो, भिडियोहरू र व्यक्तिगत विवरणहरु अत्याधिक मात्रामा हाल्नु हुँदैन। त्यसैले पछि गएर अभिभावकले बालबालिकालाई मानसिक तनाबबाट टाढा राखी आत्मस्वाबलम्बी बन्न प्रेरणा दिई सामाजिक कार्यमा अघि बढ्न हौसला प्रदान गर्नुपर्छ।

सोनी शेर्पा/सुजिता श्रेष्ठ

काठमाडौं स्कूल अफ ल, दधिकोट, भक्तपुर



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *