३२ देशका २३९ वैज्ञानिकको दाबी : कोरोना हावाबाट पनि फैलिन्छ

डिसी नेपाल
२२ असार २०७७ ८:२६

काठमाडौं। कोरोना भाइरसबाट विश्वभर १ करोड १४ लाख ७३ हजार ४४ जना संक्रमित भएका छन्। ती मध्ये ६४ लाख ८९ हजार ४२२ जना उपचारपछि निको भएका छन् भने ५ लाख ३५ हजार ९० जनाको मृत्यु भएको छ।

यसैबीच ३२ देशका २३९ जना वैज्ञानिकाले कोरोना भाइरस हावाबाट पनि फैलिने दाबी गरेका छन्। कोरोना भाइरस हावाबाट फैलिने भएपनि सो विषयमा विश्व स्वास्थ्य संगठन गम्भीर नभएको आरोप उनीहरुले लगाएका छन्।

उता डब्ल्यूएचओले कोरोना संक्रमितको उपचारका लागि हाइड्रक्सीक्लोरोक्वीनको ट्रायल बन्द गर्ने घोषणा गरेको छन्। डब्ल्यूएचओले अस्पतालमा भर्ना भएका संक्रमितमाथि उक्त औषधिको ट्रालय गरिरहेको थियो।

यो ट्रायलको निगरानी गर्ने अन्तर्राष्ट्रिय समितिले यो ट्रालय रोक्न सिफारिस गरेको थियो। जसलाई डब्ल्यूएचओले स्वीकार गरेको हो। डब्ल्यूएचओका अनुसार हाइड्रक्सीक्लोरोक्वीन प्रयोग गर्दा अस्पतालमा भर्ना गरिएको विमारीको मृत्यु दरमा कुनै कमी आएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *