फुटबल खेलाडी सहित पदाधिकारीहरुको पीसीआर परिक्षण हुने

डिसी नेपाल
२२ असार २०७७ १२:१०

काठमाडौं । स्वास्थ्य मन्त्रालयले फुटबल खेलाडी र पदाधिकारी गरेर ७० जनाको पीसीआर परिक्षण गर्ने भएको छ । कोरोना भाइरसका कारण रोकिएको फुटबल प्रशिक्षण सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा तथा खेलकुद मन्त्रालयसँग स्वीकृति मागेको थियो । त्यो प्रक्रिया अझै पुरा हुन नसकेपनि स्वास्थ्य मन्त्रालयले फुटबल खेलाडी र पदाधिकारीहरुको पीसीआर परिक्षण गर्ने भएको हो ।

प्रशिक्षण सुरु गर्नुभन्दा अगाडी सबै खेलाडी तथा प्रशिक्षक र स्टाफको पीसीआर परिक्षण गर्नका लागि स्वास्थ्य मन्त्रालय सहमत भएको टिमका ब्यवस्थापक मधुसुधन उपाध्यायले बताए ।

पहिलो चरणमा एन्फाले ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी गरेको छ । त्यसपछि अरु केही खेलाडी प्रशिक्षकले थप्न सक्ने बताइएको छ । दुई साता भन्दा अगाडी नै एन्फाले सरकारसँग प्रशिक्षणका लागि अनुमती लिने प्रक्रिया सुरु गरेको थियो । त्यो निवदेन राष्ट्रिय खेलकुद परिषद् (राखेप) हुँदै मन्त्रालयमा पुगेको थियो । तर अन्तिम निर्णय आउन बाँकी रहेको छ ।

त्यो स्वीकृति पाएमा एन्फाले काठमाडौं बाहिर रहेका खलाडीलाई बोलाएर पीसीआर गर्ने र त्यसपछि उनीहरुलाई राख्ने होस्टेललाई सरसफाई गर्नेछ । यस्तै होस्टेलमा काम गर्ने र एन्फाका कामदारको पनि पीसीआर परिक्षण गर्नेछ ।

लकडाउनपछि एन्फाले जुलाइ १५ मा टिमको प्रशिक्षण सुरू गर्ने योजना बनाएको थियो । तर अहिलेसम्म स्वीकृति पत्र नआउँदा केही दिन ढिलो हुने सम्भावना बढेको छ । अहिलेसम्म अनुमति नआउँदा २–४ दिन तलमाथि हुने सम्भावना रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *