गण्डकी विकास बैंकलाई प्राप्तिपछि मेगाको संयुक्त कारोबार सुरु

डिसी नेपाल
२२ असार २०७७ १३:१८

काठमाडौं। गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपालले संयुक्त कारोबार सुरु गरेको छ। मेगाले र गण्डकीलाई १ः१ को शेयर अनुपातमा प्राप्ती गरेको छ।

एकीकृत भएपछि मेगा बैंकको ग्राहक संख्या ११ लाख भन्दा बढी भएको छ भने शाखा संख्या २०६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटीएम १४२ वटा पुगेको छ। कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकीलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएको बताइन्।

सिइओ खुञ्जेलीका अनुसार, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको छ। यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ।

संयुक्त कारोबार उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमीक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *