मुसाको निर्णायक गोलमा बोलोग्नाद्वारा ईन्टर मिलान पराजित

डिसी नेपाल
२२ असार २०७७ १३:१८

काठमाडौं । इटालियन फुटबल लीग सिरी एमा इन्टर मिलनलाई बोलोग्नालाई २–१ पराजित गरेको छ । वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका युवा खिलाडी मुसा जुभाराले गोल गरेपछि बोलोग्ना खेलमा फर्किएको थियो । खेलको अन्त्यमा दुबै टोलीका खेलाडीहरू १० खेलाडीमा सिमित भएका थिए ।

मिलानका लागी एकमात्र गोल रोमेलु लुकाकूले खेलको २२ औं मिनेटमा गरे। बोलोग्नाका लागी जुवाराले खेलको ७४ औं मिनेटमा र मुसा बोरोले खेलको ८० औं मिनेटमा टिमको लागी दोस्रो निर्णायक गोल गर्दा बोलोग्ना २–१ विजयी भयो ।

यसैबीच एटलान्टाले खेलको २७ औं मिनेटमा लुइस मुरिएलको पेनाल्टी गोलले क्याग्लियारीलाई १–० पराजित गर्दै लिगमा आठौं जित दर्ता गर्यो । अन्य खेलहरुमा नेपोलीले रोमालाई २–१, ब्रेसियाले हेलास वेरोनालाई २–० तथा स्पालले सेम्पडोरीयालाई ३–० ले पराजित गर्यो । जेनोवा र उदिनीस बीचको खेल २–२ ले बराबरी भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *