सनराइज बैंक र अष्ट्रेलियास्थित रोयल रेमिटबीच रेमिट्यान्स सम्झौता

डिसी नेपाल
२२ असार २०७७ १३:३७

काठमाडौं । सनराइज बैंक र अष्ट्रेलिया स्थित ह्वाइट एभरेष्ट पेद्धारा संचालित रोयल रेमिटबिच अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार रोयल रेमिटमार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंकका देशभर रहेका १३० शाखा तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

यसैगरी सन्राइज बैंकको साथै अन्य विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । यसबाट अष्ट्रेलियामा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने जारी विज्ञप्तीमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *