पहिलो टेस्टमा स्टुअर्ट ब्रोड बाहिर रहने सम्भावना

डिसी नेपाल
२२ असार २०७७ १४:४९

काठमाडौं । ईङल्यान्डका तिव्र गतिका बलर स्टुअर्ट ब्रोड वेस्टईन्डिज बिरुद्वको पहिलो टेस्टमा प्लेईङ एघारमा पर्ने सम्भावान कम रहेको छ । टिम ब्यवस्थापकले तिव्र गतिका बलरहरु जेम्स एन्डरसन, जोफ्रा आर्चर र मार्क वुडलाई प्लेईङ एघारमा राख्न बिचार गरिरहेका कारण ब्रोडको प्लेईङ एघारमा पर्ने सम्भावान कम भएको हो ।

‘द गार्डियन’ का रिपोर्ट अनुसार ब्रोड आठ बर्षपछि पहिलो पटक घरेलु टेस्टमा बाहिर हुने संभावना रहेको छ । किनभने जोफ्रा आर्चर र मार्क वुड जस्ता तिव्र गतिका बलहरुलाई छिटोभन्दा छिटो मौका दिने कुरामा टिममा गम्भीरता पूवर्क विचार भईरहेको छ । आर्चर र वुड करिब लामो समयदेखी चोटका कारण तनावमा रहेका भएपनी हाल आएर उनीहरु पूर्ण रुपमा फिट रहेका छन । टोलीसँग अफ स्पिनर डोमिनिक बेसको रूपमा एक स्पिनर रहेका कारण पनि ब्रडलाई प्लेईङ ११ मा पर्ने सम्भावान कम भएको हो ।

रिपोर्टका अनुसार बुधवार देखी सुरुहुने टेस्ट श्रंखलाका लागी छनौट गरिएको २३ सदस्यीय खेलाडीहरु स्पिनर डम बेस रहेका छन । टिममा अतिरिक्त ब्याटसम्यानहरु रहेका छ्रैनन । यस्तो अवस्थामा टिमका मुख्य प्रशिक्षक सिल्वरवुड र कार्यबाहक कप्तान बेन स्टोक्सलाई टिमको तिव्र गतिका बलरहरुको बारेमा नै बिचार गर्नुपर्ने देखिन्छ ।

यसअघि प्रशिक्षणको समयमा ईङल्यान्ड टिमको बिच खेलाईएको अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका क्रिस वोक्सले पनि एजिस बउलमा मौका पाउने सम्भावना कम देखिन्छ । ब्रोडलाई पछिल्लो पटक सन २०१२ मा घरेलु मैदानमै भएको वेस्टईन्डिज बिरुद्वको खेलमा विश्राम दिईएको थियो । उनले अहिले सम्म टेस्ट क्रिकेटमा कुल ४८५ विकेट लिदै ईङल्यान्डका लागी एन्डरसन पछि सबैभन्दा बढी विकेट लिने दोस्रो खेलाडी बनेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *