क्विन्टन डिकोक द्वारा दक्षिण अफ्रिकाको कप्तान बन्न अस्विकार

डिसी नेपाल
२२ असार २०७७ १५:५७

काठमाडौं । दक्षिण अफ्रिकाका सिमित ओभरका कप्तान क्विन्टन डिकोकले टेस्ट टिमको कप्तानी गर्ने चाहना नभएको बताएका छन । उनले परम्परागत ढाँचामा टिमको नेतृत्व गर्ने थप दबाब बढी तनावपूर्ण हुने भएकोले टेस्ट टिमको कप्तान बन्न अस्विकार गरेका हुन । डिकोकलाई गत जनवरीमा एकदिवसीय टिमको कप्तान जिम्मेवारी दिईएको थियो तर दक्षिण अफ्रिका क्रिकेट बोर्डका निर्देशक ग्रीम स्मिथले गत अप्रिलमा उनलाई टेस्ट टिमको कप्तानको जिम्मेबारी नदिने घोषणा गरिसकेका छन ।

डिकाले यस विषयमा टिमका कोच मार्क बाउचरसँग पनि उनको छलफल भएको  बताउछन । उनले क्रिकईन्फो संगको कूराकानीमा भने, “मेरो र कोच बाउचरसँग अनौपचारिक रुपमा कुराकानी भएको थियो र मैले उनलाई भने, “मलाई टेस्ट कप्तानको रूपमा समेत कस्तो लाग्छ मलाई थाहा छैन। तर सत्य यो हो कि यसलाई सामना गर्न मलाई त्यती सजिलो हुँदैन। किनभने मलाई यो थाहा छ र म यो महसुस गर्न सक्छु। मलाई यो सबै तनाव चाहिएको छैन।”

“म मेरो काँधमा यो दबाब लिन चाहन्न”, डिकाकले भने। “म टेस्ट क्रिकेटमा माथिल्लो अर्डरमा ब्याटिङ गर्न चाहन्छु र त्यसैले म कुनै अतिरिक्त दबाब लिन चाहन्न।”

मार्चमा कोरोना भाइरसको कारण क्रिकेट निलम्बित भएपछि डिककले विगत तीन महिना भन्दा अधिक समयदेखी नेटमा अभ्यास गरेनन। यी विकेटकिपर तथा ब्याट्सम्यानले गम्भीर क्रिकेट सुरु भएपछि मात्र नेटको अभ्यास गर्ने भनेका थिए। क्रिकेट दक्षिण अफ्रीका (सीएसए) ले देशका खेल मन्त्रालयबाट खेलाडीहरूलाई प्रशिक्षण दिन स्वीकृति पाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *