व्यवस्थापन संघले दियो मौद्रिक नीतिमा सुझाव

डिसी नेपाल
२२ असार २०७७ १६:२६

काठमाडौं । नेपाल व्यवस्थापन संघले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ।

बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पु¥याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन सोमबार गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो।

संघले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा यही असार ५ गते विद्युतीय माध्यमबाट छलफल गरेको थियो । संघले निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्तविज्ञ र सरोकारवालासँगको छलफलबाट प्राप्त भएको सुझाव सहितको प्रतिवेदन आज बुझाएको हो ।

नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र यसमा नीजि क्षेत्र र विज्ञका सुझावलाइ समेटर तयार पारिएको परिस्कृत प्रतिवेदन गभर्नर अधिकारीलाई हस्तान्तरण गरिएको संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार प्रतिवेदनमा वर्तमान अवस्थामा नीजि क्षेत्रसंगै बैंक तथा वित्तीय संस्थाले भोगिरहेका समस्या र त्यसको उपयुक्त समाधानका लागि सहजीकरण गर्ने गरी आगामी २०७७/०७८ को मौद्रिक नीति केन्द्रित हुनुपर्ने विषयवस्तु समेटिएको छ। यस्तै अत्यावश्यक विषय, आवश्यकता, कार्यान्वयन पक्ष र चुनौतीलाई समेत प्रतिवेदनमा समावेश गरिएको श्रेष्ठले बताए। प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले व्यवस्थापन संघ जस्तो व्यवस्थापकको छाता संगठनले उपलब्ध गराएका सुझावलाई आगामी मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता व्यक्त गरे। हरेक वर्ष संघले मौद्रिक नीतिमा विज्ञसँग छलफल चलाइ नेपाल राष्ट्र बैंकलाइ सुझाव दिँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *