मेस्सीले क्लब छोड्ने हल्लाको बारेमा बार्सिलोना क्लबका अध्यक्षको बयान

डिसी नेपाल
२२ असार २०७७ १६:२२

काठमाडौं । स्पेनका फुटबल क्लब बार्सिलोनाका अध्यक्ष मारिया बाटरेमेनले मेस्सीले क्लब छोड्ने कुराको खण्डन गरेका छन । मारियाले मेस्सीले आफ्नो क्लबमै रहेर आफ्नो फुटबल करियर समापन गर्न चाहेको बताए ।

गोल डटकम संगको कुराकानीमा उनले भने, “म विस्तृत रूपमा वर्णन गर्न चाहन्न तर मेस्सीले धेरै पटक म संग भनेका छन कि उनी बार्कामै रहेर आफ्नो फुटबल जीवन समाप्त गर्न चाहन्छन्।”

उनले भने, “हामी प्रतियोगितामा केन्द्रित रहेका छौं र हाम्रो धेरै खेलाडीहरूसँग कुराकानी चलिरहेको छ। मेस्सीको बारेमा कुनै नयाँ सम्झौता भएको छैन किनकि उनी यहि रहन र यहिबाट अवकाश लिन चाहन्छ।”

स्पेनी संस्था सेडेना सीईआरका अनुसार मेसीले बार्कासँग सम्झौताको म्याद बढाउने बारेमा कुराकानी गरेका छैनन् र उनी क्लबसँग रिसाएको पनि भनिएको छ। क्लबसँगको उनको सम्झौता २०२१ सम्मका लागी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *