सीपीएल : सन्दीपले जमैकाबाट खेल्ने
काठमाडौं । नेपाली किक्रेटर सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) जमैकाबाट खेल्ने भएका छन्। लामिछानेलाई तलावाजले करिब १ करोड ८ लाख नेपाली रुपैयाँ (९० हजार अमेरिकी डलर) मा अनुबन्ध गरेपछि उनले जमैकाबाट खेल्ने भएका हुन्।
सोमबार नै भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो। लामिछानेले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्। यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए।
सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।

नेपाली क्रिकेटका ग्लोबल आइकन लामिछाने ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन्। कोरोना भाईरसको महामारीको कारण यस सिजनको सीपीएलको मिति तय भएको छैन।
तर, आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment