आज तोलामा ७०० रुपैयाँले बढ्यो सुन

डिसी नेपाल
२३ असार २०७७ ११:२१

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँ बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको भाउ ९४० रुपैयाँ रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *