सुशान्तको अन्तिम फिल्मको ट्रेलरले २४ घण्टा नहुँदै तोड्यो कैयौं रेकर्ड !

डिसी नेपाल
२३ असार २०७७ १४:२४

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलरले रिलिज भएको २४ घण्टा नबित्दै कैयौं रेकर्ड तोडेको छ । यो समाचार लेख्दासम्म फिल्मको ट्रेलर रिलिज भएको २१ घण्टा भएको छ र ट्रेलर २५ मिलियन भन्दा धेरैपटक हेरिसकिएको छ । यो फिल्म डिज्नी हटस्टारमा रिलिज हुँदैछ । फिल्म नन सब्सक्राइबरले पनि हेर्न पाउनेछन् अर्थात यो फिल्म निःशुल्क हेर्न पाइनेछ । ट्रेलरलाई ५.५ मिलियन भन्दा धेरैले लाइक गरिसकेका छन् ।

यति कम समयमा यति धेरै भ्यू र लाइक आउनु आफैंमा निकै ठूलो उपलब्धी हो । फिल्मले २१ घण्टामा साढे ५ मिलियन लाइक पाएको छ । सुपरस्टार ऋतिक रोशनको फिल्म सुपर ३० ले रिलिजपछि अहिलेसम्म १.४ मिलियन लाइक मात्र पाएको छ । आलिया भट्टको फिल्म राजीले ३ लाखभन्दा केही बढी लाइक पाएको छ । सारा अली खानको लभ आजकलले ६ लाख लाइक, वरुण धवन र श्रद्धा कपूरको स्ट्रिट डान्सर थ्रीडीले करिब ९ लाख लाइक पाएको छ । यो फिल्मले खानहरुलाई पनि उछिनेको छ । शाहरुख खानको फिल्म जीरोको ट्रेलरले अहिलेसम्म २ मिलियन लाइक पाएको छ । आमिर खानको दंगलले ३ लाख ७५ हजार र सलमान खानको सुल्तानले २ लाख २९ हजार लाइक पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *