भारत–चीन सिमा विवादः भारतलाई अमेरिकाको साथ!

डिसी नेपाल
२३ असार २०७७ १९:४४

नयाँ दिल्ली । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालबीच वार्तामा सहमति जुटेपछि भारत र चीन लद्दाखमा तनाव कम गर्न सहमत भएका छन्। आइतबार राति भएको वार्तापछि चिनियाँ सेना लाईन अफ एक्टुअल कन्ट्रोलबाट पछि हट्न लागेको भारतीय मिडियाले जनाएका छन्।

यसैबीच अमेरिकाले पुनः एकपटक भारतलाई साथ दिने प्रतिबद्धता दोहाेर्‍याए बताइएकाे छ। भारतीय सञ्चार माध्यमले ह्वाइट हाउसको शीर्ष अधिकारीलाई उदृत गर्दै भारत–चीन सिमा विवादमा अमेरिकी सेना भारतलाई सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।

ह्वाइट हाउसका ‘चीफ अफ स्टाफ’ मार्क मीडोजले फक्स न्यूजसँग कुरा गर्दै चीन वा अन्य कुनै देशलाई पनि उक्त क्षेत्रमा आफ्नो प्रभूत्व जमाउन नदिने बताएका छन्। मीडोजले दुई देशको सिमा विवादमा भनेका छन्, ‘हाम्रो सेना बलियो छ र बलियो रहिरहनेछ, चाहे त्यो भारत–चीन तनावको सम्बन्धमा होस् या अन्य कुरामा’

गएको जुन १५ मा गलवान उपत्याकामा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपमा कम्तिमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। करिब ४५ वर्षपछि भारत–चीन सीमामा भारतीय सेनाको मृत्यु भएपछि भारत र चीनबीच तनाव भएको थियो। सो घटनापछि दुबै पक्ष लगातार वार्तामा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *