बिकास दुबेका नजिकका सहयोगी अमर दुबे प्रहरी कारवाहीमा मारिए

डिसी नेपाल
२४ असार २०७७ ९:००

कानपुर। कानपुर गोलीकाण्डको छैटौं दिन प्रहरीले अपराधी समूह विकास दुबेका नजिकका सहयोगी अमर दुबेलाई मारेको छ। उत्तर प्रदेश प्रहरीको विशेष टास्क फोर्सले अमर दुबेलाई हमिरपुरमा मारेको हो। उनी कानपुरको चौबेपुरको विक्रु गाउँमा भएको गोलकाण्डमा संलग्न थिए र उनलाई विकास दुवेको दाहिने हात पनि भनिन्थ्यो।

प्रहरीले अमर दुबेलाई जीवित वा मृत्यु ल्याउनेलाई २५ हजार पुरस्कार दिने घोषणा पनि गरेको थियो। जुलाई २ तारिकमा विकास दुवे गिरोहले विक्रु गाउँमा प्रहरी टोलीमाथि गोली चलाएको थियो। आक्रमण ८ जना प्रहरीको मृत्यु भएको थियो।

एडीजी एलओ प्राशन्त कुमारले बुधबार विहान प्रहरी कारवाहीमा अमर दुबे मारिएको जानकारी दिएका हुन्। अमर दुबे हमिरपुरमा भएको सूचना पाएपछि बुधबार विहानै प्रहरी घटनास्थलमा पुगेको थियो। अमर दुबेलाई प्रहरीले आत्मसमर्पण गर्न आग्रह गर्दा उनले अस्वीकार गरेका थिए। त्यसपछि प्रहरी कारवाहीमा उनको मृत्यु भएको हो।

विकास दुबे मंगलार फरिदाबारको एक होटलमा आफ्नो सहयोगीसहित पुगेका थिए। उनले होटलमा विल तिर्न अरुकै नामबाट भुक्तानी गर्न चाहेका थिए। तर होटलका कर्मचारीले भुक्तानीकर्ताको परिचयपत्र दिनुपर्ने बताए। विकास खुट्टा खोच्याएर हिँडिरहेका थिए।

त्यसपछि अन्य मानिसले उनलाई शंका गरे र प्रहरीलाई खबर गरे। प्रहरी होटलमा पुग्यो। विकासका सहयोगी पक्राउ परेपनि विकास दुबे भने होटलबाट भाग्न सफल भए। विकास दुबे भागेको प्रहरीले अन्य यूनिटमा पनि खबर गरे। प्रहरीका अनुसार दुबेसँग आप्नो व्यक्तिगत गाडी नभएका कारण उनी ट्याक्सीमा चढेर भागेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *