इङ्ल्याण्ड र वेष्ट इन्डिजबीचको टेस्ट आजबाट सुरुहुदै

डिसी नेपाल
२४ असार २०७७ १०:१२

काठमाडौं । इङ्ल्याण्ड र वेष्ट इन्डिजबीचको पहिलो टेस्ट आजबाट सुरु हुँदैछ । कोभिड–१९ को महामारी पछि विश्व क्रिकेटका सबै प्रतियोगिताहरु स्थगित भएका थिए ।

स्थगित अन्तर्राष्ट्रिय क्रिकेटले प्रतियोगिताहरुलाई पुनः निरन्तरता दिने भएपछि आजबाट विश्व क्रिकेटले पुनरागमन गर्दैछ । इङल्यान्डको साउथह्यामटन स्थित एजियास बाउल मैदानमा टेष्ट क्रिकेट हुन लागेको हो ।

तर मैदानमा भने दर्शकहरुलाई प्रवेशको अनुमति दिइएको छैन् । इङ्ल्याडको नेतृत्व आलराउन्डर बेन स्टोक्सको गर्दैछन् भने वेस्ट इन्डिजको कप्तानमा जेसन होल्डर छन् ।

यसैबीच इङ्ल्याण्डले आफ्नो टोलीमा अनुभवी मोइन अलि र ज्याक लिचको स्थानमा युवा अफ स्पिनर डम बेस लाइ पहिलो पटक टोलिमा समाबेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *