बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
टोकियो । बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ।
बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि अबरुद्ध भएको देखाइएको छ।
प्रभावित क्षेत्रका सयौँ नागरिकहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरु ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नु पर्ने सुझाव दिएको छ। तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरुले जनाएका छन्।
जापानमा हरेक बर्ष बाढी, पहिरोमा परेर सयौँको मृत्यु हुने गरेको छ। विशेष गरेर वर्षायामको बेलामा यस्ता घटना धेरै हुने गरेका छन्।
यसअघि सन् २०१८ मा पनि बाढी पहिरोमा परी दक्षिणी क्षेत्रमा २०० भन्दा धेरैको मृत्यु भएको थियो। ती मध्ये झण्डै आधाको हिरोसिमामा मृत्यु भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment