कोचले शारीरिक दुर्व्यवहार गरेपछि खेलाडीद्वारा आत्महत्या

डिसी नेपाल
२४ असार २०७७ १५:०६

काठमाडौं । दक्षिण कोरियाकी २२ वर्षीया महिला ट्रायथलीट चोई सुक ह्युनले बिहीबार खेल जगतलाई स्तब्ध पार्दै आत्महत्या गरेकी छिन।मिडिया रिपोर्ट अनुसार ती महिला खेलाडीले उनको खेल प्रशिक्षकले शारीरिक र मानसिक दुर्व्यवहार गरेको स्पोर्ट्स अथोरिटीलाई धेरै पटक गुनासो गरेकी थिइन, तर स्पोर्ट्स अथोरिटीले उनको कुरा नसुन्दा उनी निराश भएर आत्महत्या गरेको जनाएको छ। सन २०१५ मा ताइपेमा सम्पन्न एशियाली ट्रोय्याथलोन च्याम्पियनशिपको जुनियर प्रतिस्पर्धामा चोईले आफ्नो देशको लागि कांस्य पदक जितेकी थिइन ।

कथित रूपमा चोईको शव बुसानको एक छात्रावासबाट बरामद गरिएको थियो। सोशल मिडियामा भाइरल भईरहेको चोईको आमासँगको अन्तिम कुराकानीमा उनले आफुलाई शोषण गर्ने नरपिसाचलाई जिउदै गाडनको लागि माग गरेकी थिईन ।

चोईलाई जर्नल लेख्ने बानी थियो जसमा उनले एक ठाउँमा भएको हिंसाको बारेमा लेखेका थिईन। उनले लेखिन, “आज आज दिनभरि पानी परेको छ र मलाई नराम्ररी पिटेको छ। मेरो आँखाबाट आँसु आउन बन्द भईरहेको छैन ।”

दक्षिण कोरियाली मिडियाका अनुसार चोईले आफूले गरेको शारीरिक शोषणको धेरै अडियो रेर्कडहरू राखेकी थिईन। यति मात्र होइन उनका टोलीका अधिकारीहरूले उनलाई एक पटक जबरजस्ती १४४ डलरको रोटी खान बाध्य पारेर उनलाई कुटपिट गरेका थिए ।

चोईले गत अप्रिलमा कोरियाली खेलकुद र ओलम्पिक समितिमा यस बारे गुनासो गरे र अनुसन्धानको माग गरेकी थिईन। यद्यपि सहयोगको लागि उनले गरेको बिन्तीलाई लगातार बेवास्ता गरियो।

अर्कोतर्फ केएसओसीले चोईको गुनासो बेवास्ता गरेको अस्वीकार गरेको छ । केएसओसीले यो केसको अनुसन्धानका लागि अप्रिलमा उनले एक महिला अनुसन्धानकर्ता खटाएको दाबी गरेको छ ।

गत वर्ष पनि छोटो ट्र्याक स्पीड स्केटर डबल ओलम्पिक स्वर्ण पदक विजेता शिम शुक हीले कोचले छेडछाड गरेको आरोप लगाउँदै उनलाई धेरै पटक शारीरिक शोषण गरिएको आरोप लगाएकी थिईन। मुद्दा हालेपछि मात्र कोचलाई १० महिनाको लागि जेल हालिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *