एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

डिसी नेपाल
२४ असार २०७७ १६:०९

काठमाडौं। एनसेलका सबै फोरजी ग्राहकले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन पाउने भएका छन्। भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने

एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’अफर ल्याएको छ। एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ।

‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्रश एक सयमा एक साता भरि ४८० पी मा युट्युब भिडियो सामाग्रीकोे मजा लिन सक्नेछन्। यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सकिने एनसेलले जनाएको छ।

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबीअल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ। साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन्।

ग्राहकले ननस्टप युट्युबप्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० मा ३५०० एमबिथप डेटाको लिन सक्नेछन्। उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन्।

त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिनसम्म ३५०० एमबिथप डेटाको मजालिन सक्नेछन्। आफ्नो आवश्यकताअनुसार ग्राहकले फेसबुक र टिकटकका लागिदुवै डेटा पनिलिन सक्नेछन्।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन्। सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिवद्धता अनुरुप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको हो।

भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युब अफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमा पहुँच दिन पाएकोमा हर्षित रहेको एनसेलले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *