थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार बढी

डिसी नेपाल
२४ असार २०७७ १६:३६

काठमाडौं। थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोनाका संक्रमित थपिएका हुन्। यो सँगै कोरोना संक्रमित हुनेको संख्या १६ हजार ४ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको गरिएको थियो।

योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा छ । गत २४ घण्टामा २ सय ५३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। यो सगँै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा निको हुनेको संख्या ४७. २ प्रतिशत रहेको छ।

हालसम्म २५ हजार ४० जना क्वारेन्टाइनमा रहेका छन् भने, ८ हजार ६ सय ३६ जना देशका विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *